
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास बोहोराटारमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । राष्ट्रपति पौडेलको घरभित्रै पसेर प्रर्दशनकारीले तोडफेड गरेका हुन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशका विभिन्न भागमा आन्दोलन चर्किरहेको छ ।
प्रर्दशनकारीले प्रत्येक नेताका घरघरमा पुगेर आगजनी तथा तोडफोड गरिरेहका छन् ।
ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन नसेपछि उनीहरुले राष्ट्रपति पौडेलको निजी निवास भित्रै पसेर तोडफेड गरेका छन् ।








प्रतिक्रिया