बीमा समिति कर्मचारी युनियनको अध्यक्षमा सोडारी



काठमाडौ । बीमा समिति कर्मचारी युनियनको पाचौ अधिवेशन सम्पन्न भएको छ ।

युनियनका अध्यक्ष शम्भु प्रसाद मिश्रको अध्यक्षता भएको अधिवेशन बाट ११ जना को कार्य समिति सर्वसम्मत निर्वाचित भएको छ ।

अध्यक्षमा पदम प्रसाद सोडारी, प्रथम उपाध्यक्षमा सून्दर प्रसाद शर्मा , द्धितिय उपाध्यक्ष पिताम्वर पराजुली, महासचिव शेखर प्रसाद शर्मा, सचिव कुशुम शर्मा , कोषाध्यक्षमा टेकराज पाण्डेय सदस्यमा गीता नेपाल, सुनिता थापा मगर, दिपक ज्ञवाली, अनुराग पाण्डे र दिपक प्याकुरेल निर्वाचित हुनु भएका छन् । त्यस्तै शम्भु प्रसाद मिश्र र बैकुण्ठ घिमिरे सल्लाहाकार रहेका छन् ।

अधिवेशनका बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले शुभकामना मन्तब्य राख्दै बीमा समितिले अव युनियन राजनितिक उद्धेश्य भन्दा पनी आर्थिक सम्बृद्धि तर्फ लाग्नु पर्ने तथा सवैको सहयात्रा र सहयोगबाट बीमा क्षेत्र ब्यापक हुने धारण ब्यक्त गरे ।


क्लिकमान्डु