जेनजीको आन्दोलन: बेलुकासम्म इन्टरनेट बन्द हुने !

3.9k
Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि अबैध बाटोबाट भीपीएन र डीएनएस प्रयोग गरेर इन्टरनेट बाइबास हुन थालेपछि सबै सेवाप्रदाकको गति सुस्त हुन थालेको छ ।

इन्टरनेट सेवा बाइपास गरेर सबै अन्तर्राष्ट्रिय गेटवे प्रयोग हुन थालेपछि सेवाप्रदायकले धान्नै नसक्ने अवस्था आइसकेको इन्टरटेन सेवा प्रदायकहरुले दाबी गरेका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार सरकारले फेसबुकसहित सामाजिक सञ्जाल बन्द गराएपछि प्रयोगकर्ताले अबैध बाटो समाएपछि नेपालमा भित्र्याएको सेवाप्रदायलाई एउटै गेटवेमा धेरै प्रेसर परिरहेको छ । अहिलेकै दरमा प्रेसर बढ्दै जाँदा बेलुकासम्म नेपालमा इन्टरनेट नै बन्द हुन सक्ने आइस्पानको चेतावनी दिएको छ।

जेनजीको प्रदर्शनका क्रममा सामाजिक सञ्जालको प्रयोग भीपीएन लगायत अन्य माध्यमको प्रयोगबाट भइरहँदा इन्टरनेटमा थप दबाब परेको छ । जसले गर्दा इन्टरनेट बन्द हुने अवस्थामा पुगेको उनीहरुको दाबी छ ।

‘इन्टरनेट स्लो भइरहेको, सेवाप्रदायकलाई दबाव परिरहेको र धान्न नसक्ने अवस्थामा पुगेकोले सामाजिक सञ्जाल खोल्न सरकारलाई पटक पटक आग्रह गरिरहेका छौं । बेलुकासम्म पनि सरकारले सामाजिक सञ्जाल खुला गरेन भने जेनजी पुस्ताले बढाएको भीपीएन र डीएनएसबाट दिएको दबाब धान्न नसक्ने अवस्थामा पुगिसकिएको छ,’ उनले भने ।