सिभिल अस्पतालको इमर्जेन्सी वार्डमा पुग्नेगरी अश्रुग्यास प्रहार

77
Shares

काठमाडौं । जेनजीले गरेको आन्दोलनलाई लक्षित गरी प्रहरीले सिभिल अस्पतालको इमर्जेन्सी वार्डमा पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

इमर्जेन्सी वार्डमा पुग्ने गरी प्रहरीले गरेको अश्रुँग्यास प्रहारका कारण उक्त वार्डमा उपचार गराइरहेका घाइते आन्दोलनकारी र चिकित्सक थप समस्यामा परेका छन् । अश्रुँग्यास प्रहारका कारण ग्यास भित्रै छिरेपछि चिकित्सकलाई उपचार गर्न समेत समस्या भएको बताइएको छ ।

प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।