ओलीले विद्याको सदस्यताबारे छलफल नहुने बताइरहँदा बाहिर बाँडियो चिट्ठी

196
Shares

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भएको छ ।

उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषयलाई लक्षित गर्दै त्यो विषय विधान महाधिवेशनमा छलफल नहुने अडान दोहोर्‍याएका छन् ।

पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनसँग सम्बन्धित नभएका विषयहरू पार्टीमा अनावश्यक ढङ्गले संवेदनशील बनाइएको जिकिर गरे ।

ओलीले यसो भनिरहँदा महाधिवेशन स्थलमा विद्या भण्डारीको सन्देश भन्दै हजारौं चिट्ठी वितरण भइरहेका छन् । आठदेखि दश हजार चिट्ठी बाँड्ने लक्ष्य रहेको चिट्ठी बाँड्नेहरुले बताएका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी