
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनसँग असम्बन्धित विषयलाई छलफलमा नतान्न आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको प्रसंगलाई लक्षित गर्दै उनले त्यस्ता अनावश्यक कुरा केन्द्रीय कमिटी वा सचिवालयको बैठकमार्फत टुंग्याइने बताएका हुन् ।
ललितपुरको गोदावारीमा सुरु भएको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिहरूलाई भण्डारीसहितका प्रसंगमा बहस नगर्न आग्रह गर्दै भने, ‘यहाँ विधि–विधानसँग सम्बन्धित प्रश्नमा मात्र छलफल हुन्छ, अन्य विषय सचिवालय वा पदाधिकारी बैठकमा राख्न सकिन्छ।’
उनका अनुसार महाधिवेशनमा समय तालिका अनुसार कार्यसूची अघि बढाउने भएकाले अनावश्यक विषयमा बहस गर्ने ठाउँ नभएको हो।
ओलीले प्रस्तुत प्रतिवेदनहरूबारे समूहगत छलफल गर्न पर्याप्त समय दिइएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक लिन प्रतिनिधिहरूलाई अनुरोध गरे।








प्रतिक्रिया