सेगवेको दशैं अफरः स्कुटर खरिदमा ५० हजारसम्मको छुटदेखि यी हुन् आकर्षक सुविधा

56
Shares

काठमाडौं । सेगवे नेपालले दशैंलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ ।

‘सेगवे नाइनबट’को नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवे स्कुटर खरिद गर्ने ग्राहकलाई ५० हजार रुपैयाँसम्मको नगद छुटसहितको दशैं लक्षित अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत सेगवे स्कुटर खरिदकर्ताले सजिलो किस्ताबन्दी (इजी फाइनान्स) सुविधा, एक वर्षसम्मको निःशुल्क एएमसी, पुरानो साटेर नयाँ लिने एक्सचेन्ज सुविधा, एक वर्षको सडक कर (रोड ट्याक्स) छुट तथा निःशुल्क स्कुटर कभर पाउनेछन् ।

कम्पनीका अनुसार यस दशैंमा ग्राहकलाई थप फाइदा दिलाउने उद्देश्यले यो योजना ल्याइएको हो । दशैंलाई अझ उत्साहपूर्ण बनाउन सेगवे स्कुटर रोज्ने ग्राहकलाई नगद छुटदेखि अतिरिक्त सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सेगवे नेपाली अटोमोबाइल बजारमा लोकप्रियता कमाइरहेको विद्युतीय सवारी हो । ‘सेगवे नाइनबट’को नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले नेपालमा भित्र्याएको सेगवेका स्कुटर हाल नेपाली बजारमा निकै लोकप्रिय मानिन्छन् ।

बजारमा सेगवेका ‘एन१००’, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडेल उपलब्ध छन् । सेगवे सेल्फ ब्यालेन्सिङ दुईपांग्रे सवारी साधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनीको रूपमा रहेको छ । कम्पनीका उत्पादनहरू अमेरिका, यूरोपका साथै ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।

सेगवेका स्कुटर आकर्षक, नयाँ शैली र मौलिक डिजाइनमा उपलब्ध छन् । यी कम्पनीका स्कुटरमा चालक सिटमा नबसेसम्म स्टार्ट हुँदैन भने स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म यो चल्दैन ।

स्कुटरमा मोबाइल चार्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम–आयनयुक्त पानी प्रतिरोधी ब्याट्री–आइपिएक्स ५ ब्याट्री (आइपिएक्स ७०) जस्ता सुविधा उपलब्ध छन् ।

सेगवेका स्कुटरमा किलेस सिस्टम उपलब्ध छ । साथै, सुन्दर ढंगले डिजाइन गरिएको साँचोको साथमा रिमोट कन्ट्रोलमा दुईवटा बटन छन् । एउटाले स्कुटरलाई अन–अफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्छ ।

सजिलो ह्यान्डलिङ फिचरका कारण पनि यसले अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।