
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय भएको जानकारी दिए ।
सूचीकरण नभएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउने निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ ।
आजैबाट निष्क्रिय गर्ने निर्णय भए पनि प्राधिकरणले त्यसको प्रक्रिया पूरा गर्न केही समय भने लाग्ने उनले बताए ।
बन्द गर्ने प्रक्रियाका लागि केही समय लाग्न सक्ने उनको भनाइ छ ।
‘मन्त्रिपरिषद्को जे जति निर्णय भएको थियो त्यसलाई कार्यान्वयन गर्ने निर्णय भयो । जुन सञ्चालनमा रहेका छन् र सञ्चालनका लागि सूचीकृतका लागि निवेदन दिएका बाहेक सबैलाई निष्क्रिय बनाउने निर्णय भएको छ र त्यसको कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको छ । प्रक्रियाका लागि केही समय लाग्न सक्छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले भने ।








प्रतिक्रिया