फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने सरकारको निर्णय

4k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० जारी गरेर सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकाको अनुसूची १ ले सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था गरेको र सोही व्यवस्था अटेर गरेको भन्दै सरकारले सामाजिक सञ्जाल विधेयक भन्दा अगाडि नै सूचीकरण अनिवार्य गर्न खोजेको हो । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न सामजिक सञ्जाल विधेयक संसदमा दर्ता गराएको छ । उक्त विधेयक आउनुअघि नै यस अघि आएकै निर्देशिकाको पालना गराउन कडाइ गर्न खोजेको हो ।

फेसबुकसहितका सामाजिक सञ्जाल सूचीकरण हुन सरकारले पटक पटक समय दिएको छ । सरकारले दिएको समयलाई वेवास्था गरेको सामाजिक सञ्जालाई निष्कृय बनाउने निर्णय भएको हो ।