कालिमाटी बजारमा सिताके च्याउको मूल्य प्रतिकिलो एक हजार पुग्यो

98
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिहिबार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै भारतीय गोलभेंडा ७५, लोकल सानो गोलभेडा ४८, टनेलको सानो गोलभेडा ६५, आलु रातो ५३, भारतीय रातो आलु २७, मुढे रातो आलु ४५, सेतो आलु ४०, सुकेको प्याज ३८, लोकल गाजर १२०, तराई गाजर ९०, लोकल बन्दा ५०, स्थानीय काउली ८०, रातो मूला ६०, हाइब्रीड सेतो मूला ४०, लाम्चो भान्टा ३०, डल्लो भान्टा ४०, तने बोडी १०० र मकै बोडी ८० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यसैगरी लोकल घिउ सिमी १००, हाइब्रीड घिउ सिमी ९०, टाटे सिमी ८०, भटमास कोसा ११०, तीतो करेला ५५, लोकल परबर ५५, तराई परबर ५५, चिचिण्डो ४०, घिरौँला ७०, झिगुनी ६०, फर्सी पाकेको ५५, फर्सी हरियो लाम्चो ४५, हरियो फर्सी डल्लो ५५, सलगम १०० र भिण्डी ५५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

पिँडालु ८०, स्कूस २५, रायोसाग १४०, पालुङ्गो साग १४०, तोरीको साग ९०, हरियो प्याज ७०, च्याउ कन्ये १७०, डल्ले च्याउ ३७०, भेडे खुर्सानी ७५, राजा च्याउ ३००, सिताके च्याउ १०००, कुरिलो ५००, निगुरो ९०, ब्रोकाउली २८०, सजीवन २००, रातो बन्दा २७०, जिरीको साग १३०, सेलरी ३००, पार्सले ११००, सौफको साग २५०, पुदिना ८००, तामा ११०, तोफु १२० र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भएको छ ।