
एजेन्सी । चिनियाँ सैन्य परेडको अवलोकन गर्नका लागि बेइजिङ पुगेका उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिको सबै प्रमाण उनीहरूसँगै आएका कर्मचारीहरूले मेटेका छन् ।
किमले पानी पिएको गिलास, बसेको कुर्सी र छोएको फर्निचर समेत उनीहरूले सिनित्तै पुछेका छन् ।
विदेशी गुप्तचर निकायले किमको डीएनए वा जैविक पहिचान खुल्ने कुरा संकलन गर्न नसकून् भनेर उत्तर कोरियालीहरूले यस्तो सुरक्षाउपाय अपनाउने गरेका छन् ।
डीएनएबाट किमको स्वास्थ्य अवस्थाको बारेमा पत्ता लगाउन सकिने र उनको हत्या गर्न खोजिएमा कमजोरी फेला पार्ने सम्भावना रहन्छ । त्यस्तो हुन नदिनका लागि उत्तर कोरियाली कर्मचारीहरूले गिलास र फर्निचरबाट किमको निशान मेटाएका हुन् ।
उत्तर कोरियालीहरूले विदेशबाट किमको दिसापिसाब पनि आफैंसँग लग्ने गरेका छन् । मलमूत्रबाट पनि किमको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने भएकाले त्यसो गरिएको हो ।
The staff accompanying the North Korean leader meticulously erased all traces of Kim's presence.
— Russian Market (@runews) September 3, 2025
They took the glass he drank from, wiped down the chair's upholstery, and cleaned the parts of the furniture the Korean leader had touched. pic.twitter.com/JOXVxg04Ym








प्रतिक्रिया