
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीन, रुस र उत्तर कोरियामाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
चीनको राजधानी बेइजिङमा बुधवार आयोजना भइरहेको विशाल सैन्य परेडमा रुस र उत्तर कोरियाका राष्ट्रपतिहरू पनि सहभागी भएको पृष्ठभूमिमा ट्रम्पले टिप्पणी गरेका हुन् ।
‘राष्ट्रपति सी र प्रशंसनीय चिनियाँहरूले दिनभरि विजयोत्सव मनाऊन् । भ्लादिमिर पुटिन, किम जोङ उन र तपाईंले संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको सन्दर्भमा मेरो न्यानो अभिवादन,’ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा व्यंग्यात्मक पोस्ट गर्दै लेखे ।
सीले दोस्रो विश्वयुद्धमा जापानविरुद्ध प्राप्त विजयको सम्झना गर्दै आयोजित सैन्य परेडको अवलोकन गरिरहेका छन् । दोस्रो विश्वयुद्धमा अलाइड शक्तिहरूको विजयमा अमेरिकाले गरेको योगदानलाई सीले सम्झिन्छन् कि सम्झिँदैनन् भनेर पनि ट्रम्पले सोधेका छन् ।
‘चीनका राष्ट्रपति सीले चीनलाई विदेशी अतिक्रमणकारी शत्रुबाट स्वतन्त्र बनाउनका लागि विशाल सहयोग गरेको र रगत बगाएको तथ्यलाई उल्लेख गर्छन् कि गर्दैनन् भन्ने ठूलो प्रश्नको उत्तर आवश्यक छ । चीनको विजय र गौरवका लागि धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन् । उनीहरूको उचित सम्मान गरिने र साहस तथा बलिदानका लागि सम्झना गरिने मैले आशा गरेको छु,’ ट्रम्पले ट्रुथ सोसलमा लेखे ।
दोस्रो विश्वयुद्धमा अमेरिका सहितका अलाइड शक्तिहरूले जापानविरुद्ध चीनलाई सैन्य तथा आर्थिक सुरक्षा उपलब्ध गराएका थिए ।








प्रतिक्रिया