रास्वपा नेता अरनिको पाँडेलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

189
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाँडेलाई अनुसन्धानका लागि चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

बुधबार उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो भने बिहीबार जिल्ला अदालत काठमाडौंमा पेश गर्दा अदालतले थप चार दिनको म्याद दिने निर्णय गरेको हो ।

साइबर क्राइमको आरोपमा पक्राउ परेका पाँडे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वकेन्द्रीय सदस्यसमेत हुन्।