नाडा अटो शोमा टाटाका ८४४ गाडी बुकिङ, कुन कति?

238
Shares

काठमाडौं । ६ दिनसम्म चलेको नाडा अटो शो–२०२५ मा टाटाका ८४४ गाडी बुकिङ भएका छन् । भदौ ३ गतेदेखि ८ गतेसम्म नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सञ्चालित अटो शोमा टाटाका ८४४ गाडी बुकिङ भएका हुन् ।

नेपालका लागि टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिलेका अनुसार नाडा अटो शोमा ईभी मात्रै ८४४ वटा बुकिङ भएका छन् । अटो शोमा टियागो ईभी २८० वटा, पन्च ईभी ३५२ वटा, नेक्सन के-३ईभी ९६ वटा र कर्भ ईभी ६० गरी ७८८ वटा ईभी बुकिङ भएका टन् ।

यस्तै, टियागो आईसीई ८ वटा, पन्च आईसीई ३२ वटा, नेक्सन आईसीई १६ वटा गरी आईसीई गाडी ५६ वटा बुकिङ भएका छन्। अटो शोको अवसरमा टाटाले विभिन्न अफरहरू ल्याएको थियो ।

जसमा सिप्रदीको देशव्यापी चार्जिङ, नेटवर्कमा आजीवन निःशुल्क, आकर्षक डिस्काउन्ट, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेनस, निःशुल्क एसेसिरिज र एक वर्षको ट्याक्स छुट दिएको थियो ।

त्यस्तै, टाटाले घरमै निःशुल्क चार्जिङ स्टेशन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट समेत अफरमा राखेको थियो । शोमा सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो ईभीको नयाँ ‘एरिजोन ब्लू’ रङ्ग पहिलो पटक सार्वजनिक गरेको थियो ।

यस वर्षको अटो शोमा टाटाको प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के३ इभी, पञ्च इभी र टियोगो इभी थिए ।

यसका अलावा, टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको थियो जसमा अडास, मेमोरी सिट, ड्युल–जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् ।