उखु किसानलाई अनुदान दिन साढे ७५ करोड निकासा, पर्सीसम्म किसानको खातामा जम्मा हुने

406
Shares

काठमाण्डौं । सरकारले उखु किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराउन आज रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले किसानलाई अनुदान उपलब्ध गराउन ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको हो ।

निकासा गरिएको रकम जिल्ला स्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानको बैंक खाता मार्फत भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्री परिषदको बैठकले यस पटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरे पनि प्राविधिक कारण जनाउदै अर्थ मन्त्रालयले निकासा गर्न ढिलाई गरेको थियो । यो रकम प्राप्त हुन नसक्दा उखु किसानले काठमाडौ केन्द्रित आन्दोलन गर्दे आएका छन् । यसअघि उखु किसानहरुले प्रति क्विन्टल ७० रुपैया प्रोत्साहन स्वरुप पाउदै आएका थिए । कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्री परिषदमा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था , आवश्यकताका आधारमा ३५ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

यसैबीच काठमाडौैंमा जम्मा भएका उखु किसान र कृषि मन्त्रालयका प्रतिनिधि वीच सिहंदरवार स्थित मन्त्रालयमा वार्ता भएको छ ।वार्तामा मन्त्रालयका तर्फवाट कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, मन्त्रालयका उपसचिव लालकुमार श्रेष्ठ र मणिरत्न अर्याल र उधोग मन्त्रालयका प्रतिनिधि सहभागी थिए भने उखु किसानका तर्फवाट श्यामबाबु राय लगायत सहभागी थिए। यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आजै उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

Skip This