सन नेपालले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालीम

0
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धि तालीम आयोजना गरेको छ । कम्प्नीले तालीमसँगै वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड दिएको जनाएको छ ।

इन्स्योरेन्सले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले विशेष तालिम आयोजना गरेको हो । कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरे । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीले बिमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए । साथै एएमएलसीफटी सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।

कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका अन्य पदाधिकारीको उपस्थिति थियो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।