
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले भोलिबाट १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।
भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना हुने लागको सो अटो शो को तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।
यसपालिको संस्करणमा उड्ने कार मुख्य आकर्षणमा रहेको छ ।
डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स ( डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।
१७ औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने उनले उड्ने कारको उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रदर्शनी हरेक दिन बिहान १०:३० देखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पाट्स्र्, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।





















प्रतिक्रिया