
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको स्वतन्त्र सञ्चालकमा किरण पौडेल नियुक्त भएका छन् ।
गत साउन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले कम्पनीको आगामी साधारणसभासम्मका लागि स्वतन्त्र सञ्चालक पदमा रहेर काम गर्नेछन् ।
यसअघि, सञ्चालक अनिता रायमाझी टण्डनले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएकी थिइन् ।
सअनुसार वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले नण्डनको राजीनामा स्वीकृत गरेको भएपछि रिक्त रहेको पदमा पौडेल नियुक्त भएका हुन् ।









प्रतिक्रिया