राप्रपा युवा संगठनको अधिवेशनमा लफडा, अधिवेशन स्थगित

70
Shares

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि स्थगित भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद रहेको छ ।

यही विवादले युवा संगठन अधिवेशन नै बिथोलिएको हो ।