मलेसियाबाट भारत आइरहेको मालवाहक विमानमा आगलागी, गरियो सुरक्षित अवतरण

917
Shares

एजेन्सी । मलेसियाको राजधानी क्वालालम्पुरबाट भारतको चेन्नई आइरहेको एक मालवाहक विमानको एक इन्जिनमा मंगलवार आगलागी भएको छ ।

विमानलाई सुरक्षित अवतरण गरेर आगो निभाइएको अधिकारीहरूलाई उद्धृत गर्दै द टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ ।

अवतरणको क्रममा मालवाहक विमानको चौथो इन्जिनमा आगो लागेको थियो । विमानका पाइलटहरूले तत्कालै सम्बन्धित अधिकारीहरूलाई खबर गरेका थिए ।

पाइलटहरूले सुरक्षित रूपमा सामान्य अवतरण गराएका थिए ।

धवानमार्गमा रहेका दमकलहरूले तत्कालै विमानको आगो निभाएका थिए ।

घटनामा कसैलाई पनि चोटपटक लागेको छैन ।

के कारणले आगो लागेको भनी अनुसन्धान जारी छ ।