ग्लोबल आइएमई बैंकको बुर्तिवाङ्ग शाखाको औपचारीक उद्घाटन



काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको बुर्तिवाङ्गमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बाग्लुङ्ग जिल्ला निर्वाचन क्षेत्र नंं. २ का संसद देवेन्द्र पौडेलले संयुक्त रुपमा गरे । त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले उद्घाटन गरेका थिए ।

बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने मुल नारालाई चरितार्थ गर्दे देशका देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिएका थिए । उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट बुर्तिवाङ्ग क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु