
काठमाडौं । राष्ट्रियसभा बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा केही मन्त्रीहरू निदाएको देखिएका छन् ।
महत्वपूर्ण छलफल चलिरहेको बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको दृश्य सार्वजनिक भएको हो।
यसअघि पनि यस्तै दृश्य प्रतिनिधिसभामा देखिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभाको बैठकका दौरान निदाएका थिए । त्यति बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउँदा उनी निदाइरहेको भन्दै सामाजिक सञ्जालमा ट्रोल भएको थियो ।
















प्रतिक्रिया