व्यस्त बन्न सुरु गरेको कामले बनायो अर्बपति
काठमाडौं । महिलाहरुको कपडा बनाउने ब्राण्ड ‘बीबा’ की संस्थापिका मीना बिन्द्राको कहानीले एउटा महिलाले कसरी घरसँगै आफ्नो बिजनेसलाई उचाईमा पुर्याउन सक्छन् भन्ने कुरालाई प्रमाणित गर्छ ।
करिब ३३ वर्षअघि २ सन्तानलाई जन्म दिएकी मीना घरको काम सकेर बाँकी समय कहाँ प्रयोग गर्ने भन्ने सोचमा थिइन् । सुरुमा दुई महिलाको लागि कपडा बनाउने र बेच्ने कामबाट सुरु भएको उनको दैनिकी अहिले ठूलो बिजनेश अम्पायरमा परिणत भएको छ ।
सुरुमा मिनाले बैंकबाट ८ हजार रुपैयाँ ऋण लिएर आफ्नो व्यवसाय सुरु गरेकी हुन् । फुर्सदको समय बिताउने सोचले सुरुभएको उनको सानो रेडिमेट व्यवसाय आज प्रसिद्ध ब्राण्डको रुपमा स्थापित भएको छ । आज ‘बिबा ब्रान्ड’ चर्चित बन्न पुगेको छ ।
सानै उमेरमा बुबाको निधन भएपछि आफ्नो प्रारम्भिक शिक्षा पुरागर्दै दिल्ली विश्वविद्यालयबाट स्नातक उत्रिण उनको १९ वर्षको उमेरमा नै विवाह भयो ।
अहिले बिबाले वार्षिक ६ सय करोड रुपैयाँ बढी आम्दानी गर्ने गरेको छ ।
मिना भन्छिन् ‘पहिलैदेखि मेरो रुची कपडा डिजाइनमा थियो र, प्रिन्टको बिषयमा समेत जानकारी थियो । ब्लक प्रिन्टिङको कारोबारगर्ने देवेससँग भेटभएपछि मैले कपडामा हुने प्रिन्टिङ र रंगहरुको संयोजनको बारेमा जाने । त्यसपछि परिवारसँग सल्लाह गरे मलाई उहाँले बैंकबाट ८ हजार रुपैयाँ लोन लिन भन्नुभयो ।’
लोनको पैसाले सुरुमा महिलाहरुको लागि २ सय रुपैयाँभन्दा कम मूल्यमा आकर्षक कुर्था सुरुवालको ४० सेट बनाइन् । र, आफ्नै घरबाट बेच्न सुरु गरिन् । उनले बनाएको कुर्था सुरुवाल अन्य महिलाहरुले निकै रुचाए । ४० सेट कुर्ता बेच्दा उनले ३ हजार रुपैयाँ नाफा कमाइन् ।
विस्तारै उनको कामले व्यवसायको आकार लियो । उनको उत्पादनको चर्चा बजारमा सुरुभयो । त्यसपछि उनले ३ जना कामदार राखेर व्यवसायमा परिणत गरिन् ।
भारतका प्रसिद्ध शीतल र बेन्जन जस्ता कपडा विक्रेताहरुले पनि मिनाले तयार पारेको कपडा बेच्न थाले । कपडाको माग बढ्दै गयो उनले यसलाई ब्राण्ड नेम दिने सोच बनाइन् । पञ्जाबीमा महिलालाई मायाले ‘बीबा’ बोलाउने भएकोले आफ्नो ब्राण्डको नाम नै ‘बीबा’ राखिन् ।
यसै क्रममा मिनाका जेठा छोरा सन्जयले आफ्नो आमाको काममा साथ दिन थाले । यसरी आमा छोराको मेहेनतले १९९३ मा बीबा भारतको परम्परागत पोसागको ठूलो ब्राण्ड बन्न सफल भयो ।
२००२ मा मिनाको कान्छा छोराले उनको व्यवसायमा कदम राखे र उनले ब्रान्डलाई उचाइमा पुर्याउन मद्दत् गरे ।
अहिले बिबाले वार्षिक ६ सय करोड रुपैयाँ बढी आम्दानी गर्ने गरेको छ । केन्फोलोजिबाट