वागमती प्रदेशमा कांग्रेसका ४ मन्त्रीले दिए राजीनामा

378
Shares

काठमाडौं । वागमती प्रदेश सरकारका चार जना मन्त्रीले पदबाट एकैसाथ राजीनामा दिएका छन् ।

नेपाली कांग्रेसबाट नियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार पद त्याग गरेका हुन्।

चारैजना मन्त्रीले आफ्नो राजीनामा पत्र वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ह्वाट्सएपमार्फत् पठाएका छन् । यद्यपि, उनीहरूले राजीनामाको कारण स्पष्ट गरेका छैनन् ।

केही दिनअघि मात्र उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए, जसलाई पछिल्लो घटनाक्रमसँग जोडेर हेरिएको छ ।

यी चारैजना नेताहरू नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका थिए । उनीहरूको सामूहिक राजीनाले वागमती प्रदेशको राजनीतिक अवस्था थप जटिल बन्ने संकेत देखिएको छ ।

Skip This