
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयलाई अनावश्यक विवादको रूपमा नबुझ्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारीबीच छलफल भइरहेका बेला उपाध्यक्ष पाण्डेले यो विषय अध्यक्षको निर्णयअनुसार टुंगो लाग्ने स्पष्ट पारे। आवश्यक परे सचिवालयमार्फत टुंगो लगाइने उनले बताए।
ओली–भण्डारी वार्ताका क्रममा केही समय सहभागी रहेका पाण्डेले महासचिव शंकर पोखरेलले एक वर्षअघि नै भण्डारीको सदस्यता नवीकरण भएको जानकारी सचिवालयमा गराइसकेको दाबी गरे ।
सदस्यता नवीकरणको प्रक्रियाबारे आफू पूर्णरूपमा जानकार नभएको उल्लेख गर्दै उनले भण्डारीको सदस्यता, क्रियाशीलता र जिम्मेवारीबारे अध्यक्ष ओलीकै नेतृत्वमा विधान महाधिवेशनअघि नै निष्कर्ष निकालिने बताएका छन्।








प्रतिक्रिया