बैंकिङ प्रणालीबाट ५० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

147
Shares


काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता खिच्न सुरु गरेको छ ।

बैंकहरुले लगानी गर्न नसकेको करिब पौने सात खर्ब नेपाल राष्ट्र बैंकमा जम्मा गरेकमेमा आइतबार थप ५० अर्ब रुपैयाँ तरलता केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट खिच्ने भएको हो ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षदेखि नीतिगत तरहरु घटाएको छ ।

गत आर्थिक वर्षमा ब्याजदर करिाडेकार तल्लो सीम निक्षेप संकलन दर ३ प्रतिशत कायम गर्दै सोही दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा त्यसलाई घटाएर २.७५ प्रतिशन तोकेको छ ।

नयाँ मौद्रिक नीति कार्यन्वयनमा आएपछि केन्द्रीय बैंकले आइतबार पहिलो पटक निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

Skip This