करको दायरामा नआएका व्यवसायीले पुस मसान्तसम्म कर बुझाए १० प्रतिशत छुट पाउने


काठमाडौं । काठमाडौं महानगरले करको दायरामा नआएका व्यवसायीलाई पुस मसान्तसम्म कर बुझाए १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

बजेट प्रस्तुत गर्दै डंगोलले करको दायरामा नआएका व्यवसायीलाई पुस मसान्तसम्म कर बुझाए १० प्रतिशत छुट दिने घोषणा गर्दै यसका लागि कारोबार स्थलमै गएर समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकता राखिने बताइन् ।

आन्तरिक आय बढाउन नयाँ करदाता पहिचान गर्ने र घरबहाल करलाई एकद्वार प्रणालीबाट उठाउन संघीय सरकारसँग समन्वय गर्ने महानगरको योजना रहेको पनि उनले जानकारी दिइन् ।