
काठमाडौं । नेपाल बिमा प्राधिकरणले जीवन बिमालेख जारीसम्बन्धी व्यवस्था परिमार्जन गरेको छ ।
प्राधिकरणले जीवन बिमा व्यवसाय गर्ने बिमकले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेस गर्ने मितिसँग मिल्न गएको हुनाले सो समयमै वित्तीय विवरण तयार गर्न र बिमा कारोवारको डे इन्ड (दैनिक कारोवार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई उत्पन्न भएको उल्लेख गर्दै बिमकहरूको बीमालेख जारी सम्बन्धी व्यवस्था परिमार्जन गरेको हो ।
प्राधिकरणले २०८१ साउन ३१ को पत्रबाट जीवन बिमकहरुले बिमालेख जारी बारेको पत्रमा उल्लेखित बुँदा नम्बर २ र ३ को व्यवस्था हटाईएको जानकारी गराएको हो ।
उक्त हटाइएको बुँदा नम्बर दुईमा ‘जीवन बिमा अभिकर्ताहरूको लागि बिमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा तथा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गते भित्र पुरा गरिसक्नु पर्ने गरी तोक्ने’ भनिएको छ ।
यस्तै, बुँदा नम्बर तीनमा ‘२८ गते पश्चात गरिने बिमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नु पर्ने’ उल्लेख छ ।









प्रतिक्रिया