साढे ४ अर्ब रुपैयाँ खर्च गरेर अमेजनका बेजोसले गरे दोस्रो विवाह, ट्रम्पकी छोरीसहित २५० भिआइपी पाहुना सहभागी

2.3k
Shares

काठमााडौं । विश्वकै चौथो धनी व्यक्ति तथा अमेजनका संस्थापक जेफ बेजोस ९६०० ले आफ्नी प्रेमिका लरेन सान्चेज ९५५० सँग इटलीको प्रसिद्ध सहर भेनिसमा दोस्रो विवाह गरेका छन्।

यो भव्य विवाह समारोहमा उनले करिब ५० मिलियन डलर अर्थात् ४५० करोड नेपाली रुपैयाँ खर्च गरेका छन्।

पछिल्ला केही दिनदेखि तयारी भैरहेको यो विवाह कार्यक्रममा २००–२५० जना भिआइपी पाहुनाहरूको उपस्थितिले भेनिसलाई सेलिब्रिटीको केन्द्रबिन्दु बनाएको छ। पाहुनाहरूलाई भेनिसको विमानस्थलमा ओर्लिएका ९० वटा निजी विमानले स्वागत गरेका थिए ।

डोनाल्ड ट्रम्पकी छोरीदेखि बिल गेट्ससम्म सहभागी
विवाहमा अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभांका ट्रम्प र उनका श्रीमान् जारेड कुश्नर, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, चर्चित टेलिभिजन प्रस्तोता ओपरा विन्फ्रे, हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियो, गायिका मिक जागर, तथा कार्दशियन परिवारका सदस्य किम र ख्लोए कार्दशियनसमेत उपस्थित थिए।

पाहुनाहरूलाई वेनिसका नहरहरूमा चल्ने निजी डुंगा र वाटर ट्याक्सी मार्फत होटलदेखि विवाहस्थलसम्म पु¥याइएको थियो।

लरेन सान्चेजसँगको प्रेम सम्बन्ध
बेजोस र सान्चेजबीचको प्रेम सम्बन्ध सन् २०१९ मा सार्वजनिक भएको थियो। सान्चेज अमेरिकी सञ्चारकर्मी, पूर्व न्यूज एंकर र हेलिकप्टर पाइलट समेत हुन्। उनी बेजोससँग सम्बन्ध सुरु गर्नु अघि विवाहित थिइन् र तीन सन्तानकी आमा हुन्।

बेजोसले यसअघि म्याक्केन्जी स्कटसँग २५ वर्ष लामो वैवाहिक सम्बन्धपछि सन् २०१९ मा डिभोर्स गरेका थिए। उक्त डिभोर्समा म्याक्केन्जीले ३८ अर्ब डलर पाएकी थिइन्, जसले उनलाई विश्वकी धनी महिलामध्ये एक बनायो।

विवाह स्थल भेनिसस् प्रेमको प्रतीक
बेजोस र सान्चेजले विवाहको लागि इटालीको भेनिस रोजे, जुन विश्वकै सबैभन्दा रोम्यान्टिक सहर मानिन्छ। भेनिसका ऐतिहासिक महल, नहर र पुरातात्त्विक वातावरणले विवाहलाई अझ भव्य र विशिष्ट बनाएको थियो।

यो विवाहलाई हालसम्मको वर्षकै सबैभन्दा ठूलो सेलिब्रिटी इभेन्टको रूपमा हेरिएको छ।

भेनिसवासीले गरे बिरोध : ‘धनीहरूको खेल मैदान’

अमेजनका संस्थापक तथा विश्वकै चौथो धनी व्यक्ति जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेजको विवाहको स्थल अन्तिम समयमा परिवर्तन गरिएको छ। प्रारम्भमा यो समारोह वेनिसको कैनारेजियो इलाकामा तय गरिएको थियो, तर सुरक्षा कारण र स्थानीय विरोधका कारण अन्ततः विवाह पुरानो ऐतिहासिक किल्ला ‘हॉल अफ द आर्सेनाले’मा सारिएको हो।

स्थानीय नागरिकहरूले बेजोसको विवाह समारोहलाई ‘बिलियनेयरको प्लेग्राउन्ड’ भन्दै विरोध जनाएका थिए। उनीहरूका अनुसार भेनिस शहर पहिले नै अत्यधिक पर्यटन र महँगीको मारमा छ, र यस्तो धनीहरूको भव्य पार्टीहरूले शहरका वास्तविक समस्या र जनजीवनबाट ध्यान हटाइरहेको उनीहरूको आरोप छ।

बेजोस र सान्चेज दुवैको दोस्रो विवाह
सान्चेजको अघिल्लो विवाह सन् २००५ मा हल्युड एजेन्ट प्याट्रिक ह्वाइटसेलसँग भएको थियो। उनीहरूले सन् २०१९ मा डिभोर्स गरेका थिए। सान्चेजका प्याट्रिकसँग दुई सन्तान एक छोरा इवान र एक छोरी एला छन् ।

उता जेफ बेजोसले पनि २५ वर्ष लामो वैवाहिक सम्बन्ध पछि सन् २०१९ मा मैकेन्जी स्कटसँग सम्बन्धविच्छेद गरेका थिए। उनीहरूले सन् १९९४ मा विवाह गरेका थिए। बेजोसका तीन छोराहरू र एउटी दत्तक छोरी छन्। स्कट हाल अमेरिकी विज्ञान शिक्षक ड्यान ज्वेटसँग विवाह गरेकी छन् र उनी पनि विश्वका धनी महिलाहरूमा गनिन्छिन्।

जेफ बेजोसको सम्पत्ति १९.५० लाख करोड रुपैयाँ
जेफ बेजोसको कुल सम्पत्ति १९.५० लाख करोड रुपैयाँ (अन्दाजी १९५ बिलियन अमेरिकी डलर) रहेको छ। उनी अमेजनका संस्थापक तथा पूर्व सीईओ हुन्।

बेजोस द वासिङ्टन पोस्ट नामक प्रतिष्ठित समाचार संस्था र ब्लू ओरिजिन नामक सब-ऑर्बिटल स्पेसफ्लाइट सेवा कम्पनीका मालिक पनि हुन्।

उनको यो दोस्रो विवाह, खर्च, र सहभागिता भएका अन्तर्राष्ट्रिय सेलिब्रिटीहरूको कारणले यो समारोह सन् २०२५ को सबैभन्दा चर्चित हाई प्रोफाइल विवाह बनेको छ।