
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा सोमबार ठूलो गोलभेडा प्रतिकिलो ६५ रुपैयाँमा थोकमा बिक्री भएको छ ।
यस्तै लोकल सानो गोलभेडा ३०, टनेल सानो गोलभेडा ४०, रातो आलु ४२.३३, मुढे रातो आलु ३९, सेतो आलु ३३.३३, प्याज ४७.६७, गाजर लोकल ६५, गाजर तराई ४१.६७, बन्दा लोकल २५, स्थानीय काउली ८५, लोकल सेतो मुला २५, लाम्चो भान्टा १५, डल्लो भान्टा २५, तने बोडी २८.३३, मटरकोशा १६३.३३, घिउ सिमी लोकल ३०, घिउ सिमी हाइब्रीड ३०, घिउ सिमी राजमा ९५, टाटे सिमी ५५, तिते करेला ३० र लौंका २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै परवर लोकल ३०, परवर तराई ३०, घिरौला ४२, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो २५, हरियो फर्सी डल्लो ३०, भिण्डी ४०, पिडालु ८५, स्कुस ५०, रायो साग २५, पालुङ्गो साग ३५, चमसुरको साग ३०, तोरीको साग ३०, प्याज हरियो ९०, कन्ये च्याउ १६६, डल्ले च्याउ २८०, राजा च्याउ २९०, सिताके च्याउ ८५०, कुरिलो २५० र न्युरो २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यसैगरी ब्रोकाउली ७५, सजिवन १४६.६७, रातो बन्दा ८०, जिरीको साग ९०, पुदिना १०५, सौंफको साग १००, तामा ११५, तोफु १२६.६७, गुन्द्रुक ३२६.६७, लोकल काक्रो ५५, रुख कटहर ५५, अदुवा १००, हरियो खुर्सानी ३५, अकवरे खुर्सानी २७६.६७, भेडे खुर्सानी ५५ र नेपाली लसुन १५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।







प्रतिक्रिया