एमाले नेता झलनाथ खनालले भने- राष्ट्रपति बन्न तयार तर त्यसका लागि लभिङ नगर्ने

0
Shares

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका छन् ।

इलामको साखेजुङमा शुक्रबार आयोजित कार्यक्रममा उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना  लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् ।

नेकपा (एमाले)का पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै भने,पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन ।’

‘दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ,कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन,’ उनले भने ।

एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गरे ।