लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन

77
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले लुटतन्त्रको रक्षाका लागि सरकार र नेकपा (माओवादी केन्द्र) बीच समझदारी भएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले १८ दिनदेखि संसदमा नाटक मञ्च्न भइरहेको बताए । उनले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको बताए । उनले बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइएको टिप्पणी गरे ।

‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीकासाथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो,’ उनले भने, ‘उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’

अध्यक्ष लिङदेनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नु पर्ने उल्लेख गरे ।