सप्तरीमा लुटपाटसहित डाँकाबाट एकको हत्या

238
Shares

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनवामा डाँका समूहको गोली प्रहारबाट स्थानीय कान्तालाल चौधरीको मृत्यु भएको छ । डाँका समूहको गोली लागेर चौधरीको भाई रमाकान्त चौधरी घाइते भएका छन् ।

शुक्रबार बिहान करिब १ बजे ४–५ जनाको समूहमा आएका डाँकाको समूहले चौधरीको घरमा लुटपाट गरेका थिए । लुटपाटको क्रममा प्रतिकार गरेपछि डाँका समूहले गोली प्रहार गरेका ििथए ।

लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहारपछि घाइते भएका उनीमाथि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

दाजुको घरमा होहल्ला भएको सुनेपछि भाइ रामाकान्त आएका थिए । उनीमाथि पनि डाँका समूहले टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेका थिए ।

डाँका समूहले पाँच तोला सुन, दुई केजी चाँदी र ५०-६० हजार नगद समेत लुटपाट गरेर फरार भएको स्थानीयले बताएका छन् ।