सजिलो र पठाओले भन्योः भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार

196
Shares

काठमाडौं । सोमबार सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरु आइरहेको बेला नेपालको लोकप्रिय राइड सेयरिङ कम्पनी पठाओ नेपालले नियमित शुल्क बाहेक कुनै वृद्धि नभएको बताएको छ ।

कम्पनीले यात्रुहरुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न पठाओले राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ ।

पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।

अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।

साथै पठाओले केही समस्या पर्दा २४सै घणटा पठाइओको कल सेन्टरको नम्बर ०१.५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।

यसैगरी नेपाली लगानीको सजिलोले पनि आफ्ना राइडर्सबाट यात्रु भाडा दरमा वार्गेनिङ नभएको दाबी गरेको छ ।

सजिलोले बिज्ञप्ती जारी गर्दै आफूले राइडर्सलाई अभावको मौका छोपेर आफुखुशी भाडा दर असुल नगर्न राइडर्सलाई सचेत बनाएको बताउँदै कम्पनीले राइडर्सलाई प्रोत्साहन हुने गरी प्रति ट्रिप ५० रुपैयाँ उपलब्ध गराएको जनाएको छ । कम्पनीले सजिलोमा आवद्ध कुनै राइडर्सले मौका छोपेर अत्यधिक रकम लिएको छ भने उजुरी गर्न आग्रह गरेको छ ।