
काठमाडौं । नेपालमा यसै साताको अन्त्यसम्ममा मनसुन प्रवेश गर्ने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन आगमन अनुगमन बुलेटिन जारी गरेर यसै साता मनसुन प्रवेश हुने जनाएको हो।
मंगलबार भारतको आसामका केही भूभागहरू तथा भुटान र बंगलादेशको पूर्व भूभागहरूसम्म मनसुनको आगमन भएको महाशाखाले जनाएको छ।
नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ।
भूउपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांकको विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी भागबाट प्रवेश हुने सम्भावना देखिएको महाशाखाले जनाएको हो।








प्रतिक्रिया