महानगर प्रहरी प्रमुख राजु पाण्डेले गुरागाईंलाई बुझाए स्पष्टीकरण

2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण पेश गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई उनले सोमबार स्पष्टीकरण बुझाएका हुन् । स्पष्टीकरणमा पाण्डेले आफूले तोकिएको जिम्मेवारीअनुसार मात्र कर्तव्य निर्वाह गरेको उल्लेख गरेका छन् ।

यसअघि, चैत २१ गते काठमाडौं महानगरमा हाजिर गर्न जाँदा भएको घटनालाई लिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले जेठ ६ गते नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण मागेका थिए ।