दिउँसो चट्याङसहित वर्षाको सम्भावना

91
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फ युक्त हावाको प्रभावका कारण आज दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका केहि पहाडी भूभागमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

सातै प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।