राजावादीले आन्दोलन गरिरहँदा हृदयन्द्रलाई लिएर किन नारायहिटी गए पूर्वराजा ज्ञानेन्द्र ?

2.4k
Shares

काठमाडौं । पूर्वराजासहित परिवारका सदस्य शनिवार नारायणहिटी पुगे । केही साताअघि अमेरिकाबाट नेपाल आएका पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाहसहित पूर्वराज परिवारका सदस्यहरु नाराणहिटी पुगेपछि सामाजिक सञ्जालमा अहिले त्यस विषयमा चर्चा चलिरहेको छ ।

पछिल्लो केही सयमयता पूर्वराजा शाहको सक्रियता बढिरहेका बेला उनी नारायणहिटी पुग्नुलाई चासोका साथ हेरिएको छ ।

हृदयेन्द्रले हजुरआमा, पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा ज्ञानेन्द्र उनलाई लिएर नारायणहिटी दरबार परिसरमा रहेको महेन्द्र मञ्जिल पुगेको जनाइएको छ ।

शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित नारायणहिटी राजदरबार संग्रहालयभित्र रहेको ‘श्री चतुर्व्यूह नारायण धाम’ मा दर्शन गर्न पुगेका थिए। दर्शनपछि उनीहरू महेन्द्र मञ्जिल पुगेका हुन् । महेन्द्र मञ्जिलमा रत्न राज्यलक्ष्मी शाहको बसोबास रहँदै आएको छ।

रत्न निवासमा भएको उक्त भेटमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र युवराज हृदयेन्द्र पनि सहभागी थिए ।

पूर्वराजदरबार नारायणहिटी नेपालमा गणतन्त्र स्थापना भएसँगै संग्राहलय बनाइएको छ ।

देशमा राजाफर्काउने भन्दै राजावादीहरुले आन्दोलन गरिरहँदा पूर्वराजपरिवारको नारायणहिटी जानुलाई चासोका साथ हेरिएको छ । पूर्वाराजाहरुको दरबारको रुपमा रहँदै आएको नायरणहीटी २०६५ सालदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

राजावादीहरुले पूर्वराजालाई नायरणहिटीमा फर्काउन माग गर्दै आएका छन् ।

राजतन्त्र पुन:स्थापनाका लागि राप्रपासहितका दलले जेठ १५ गते प्रदर्शन गर्दै आएका छन् । यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन हिँसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने कयौं निजी सम्मपत्तिमा तोडफोड र आगजनी गरिएको थियो।