गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

987
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता मधु चौलागाईले गृहमन्त्री लेखकलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।

रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय आगामी आइतबार हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयका व्यक्तिहरूको संलग्नता भएको भन्दै छानबिनको माग‍ उठेको बेला सो रिट दायर गरिएको हो । मन्त्रीमाथि छानबिनको मागसँगै उनीमाथि बर्खास्तीको दबाबसमेत बढ्दै गएको छ।