बैतडीमा विहानै दुईपटक भूकम्पको धक्का

161
Shares

काठमाडौं । बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ।

आज बिहान १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ । त्यसपछि २ बजे पुन स् ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पबाट के कति क्षति भएको छ, त्यो बिषयमा विस्तृत जानकारी आइपुगेको छैन ।

भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ ।