प्राविधिक समस्या आएपछि लुक्ला जाँदै गरेको समिट एयर काठमाडौं फर्कियो


काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।

आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।

नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।