भारतले बंगलादेशबाट आउने केही वस्तुहरूको आयातमा लगायो बन्दरगाह प्रतिबन्ध


काठमाडौं । भारत सरकारले बंगलादेशबाट आयात हुने केही वस्तुहरूमा विशेष बन्दरगाहमार्फत मात्र आयात गर्न पाउने व्यवस्था लागू गरेको छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत विदेशी व्यापार महानिर्देशनालयले शनिबार एक सूचना जारी गर्दै आयात नीति अन्तर्गत यो सूचना सार्वजनिक गरेको हो ।

यो सूचनाअनुसार बंगलादेशबाट भारतमा आउने केही वस्तुको आयातमा सीमित बन्दरगाहहरू प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जसअनुसार रेडीमेड कपडा अब न्याभा सेभा र कोलकाता बन्दरगाहबाट मात्रै भारतमा आयात गर्न पाइनेछ। अन्य बन्दरगाहमार्फत आयात गर्न पाइने छैन। यस्तै फलफुल स्वादयुक्त पेय पदार्थ, प्रशोधित खाद्य पदार्थ(बेकरी, चिप्स, स्नाक्स, कन्फेक्सनरी), प्रशोधित बोतल पानी, रसायन र औद्योगिक वस्तु( प्लास्टिक वस्तुहरू, स्याम्पू, साबुन) र काठको फर्निचर आसाम, मेघालय, त्रिपुरा, मिजोरम र चन्ग्रवन्ध तथा फूलवारी नाकाबाट मात्रै आयात गर्न पाउने व्यवस्था गरेको छ ।

तर यो प्रतिबन्ध माछा, खाना पकाउने तेल, खाद्य तेल र क्रस गरिएको ढुंगाको आयातमा लागू हुनेछैन।

यसैगरी नेपाल वा भूटानतर्फ स्थानान्तरण हुने बंगलादेशको निर्यातमा पनि यो नीति लागू नहुने जनाइएको छ।

Skip This