
पश्चिम नवलपरासी । सुनवल नगरपालिका–७ चारपालामा रुख ढलेर दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
आज दिउँसो आएको हावाहुरीबाट जोगिन सडक किनारको प्रतीक्षालयमा बसेका बेला बरको रुख प्रतीक्षालयमाथि ढलेपछि उनीहरू रुखले च्यापिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीकाअनुसार ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा नरमति परियार, अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन्। उनीहरूको रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ।








प्रतिक्रिया