
वीरगञ्ज । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
उक्त कार्यालयले गत वर्ष जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख रुपैयाँ सङ्कलन गरेको थियो ।
उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गरेका बताइन । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन ।
प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड रुपैयाँ शुल्क सङ्कलन भएको छ ।







प्रतिक्रिया