रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश, सशरीर अदालत उपस्थित गराउनुपर्ने

1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो ।

मिश्र पक्राउ परेको ४५ दिनपछि पत्नी सरिका कार्कीले पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

बन्दीप्रत्यक्षीकरण रिटमा मिश्रमाथि एकपछि अर्को आरोप लगाउँदै गैरकानुनी रूपमा थुनामा राखिएको, अनुसन्धानमा ठोस प्रगति नहुँदा समेत बारम्बार थुनाको म्याद थपिएको दाबी गरिएको छ।