
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायु, स्थानीय वायुको साथै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ ।
यसले गर्दा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
हिजो देशका केही ठाउँमा भारी वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलान्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो ।
आज दिउसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ ।








प्रतिक्रिया