
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच युद्ध नहोस् भन्ने आफूहरुको चाहनामा पूरा भएको बताएका छन् ।
सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्वपूर्ण र सान्दर्भिक रहेको बताए ।
केही दिनअघि छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको भए पनि त्यसले लडाइँको रूप लिन नपाएको भन्दै उनले नेपालले सुरुबाटै यो अवस्था युद्धमा परिणत नहोस् भन्ने चाहेर भारत पाकिस्तानसँग कुराकानी पनि गरेको र ति देशहरुले लडाइँमा नजाने प्रतिबद्धता जनाएको तर्क गरे ।
‘केही दिनअघि हाम्रो छिमेकमै अलिकति हात हालाहालको स्थिति आयो। तर त्यसले लडाइँको रूप लिन पाएन। संयमता अपनाउनु भएकोमा उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हामीले सुरुबाटै भन्यौँ– यो अवस्था विस्तार नहोस्, युद्धमा परिणत नहोस् । त्यसैअनुसार उहाँहरूसँग कुराकानी पनि गर्यौँ । उहाँहरूले लडाइँमा नजाने प्रतिबद्धता जनाउनुभयो,’ ओलीले भने ।
वुद्धको शान्तिको सन्देश विश्वभर अहिले अझै सान्दर्भिक भएको उनको भनाइ छ ।








प्रतिक्रिया