
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ प्रस्तुत गरिने भएपछि नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको छ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेकाले आज वैशाख २८ गते बिहान ११ बजे बस्ने बैठकमा अनिवार्यरूपमा सहभागी भई त्यसको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसयता वैशाख २२ गतेदेखि सांसदहरूले नीति तथा कार्यक्रममाथि छलफल गर्दै आएका छन् । संसद् सचिवालयले आजकै बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने र त्यसपछि निर्णयार्थ प्रस्तुति हुने कार्यसूची सार्वजनिक गरिसकेको छ।
यसअघि सत्तारूढ नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरिसकेको छ ।








प्रतिक्रिया