रेशम चौधरी कारागारबाट छुटे, लिन गइन् रञ्जिता

350
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कारागारबाट छुटेका छन् ।

सर्वोच्च अदालतबाट अनधिकृत पत्रका आधारमा पक्राउ परेका चौधरीलाई छाड्न सर्वोच्चले अर्को पत्र पठाएपछि छाडेको हो।

बुधबार प्रज्ञा भवनमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताका लागि कार्यक्रम सुरु हुनै लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सर्वोच्चको रिट तथा मुद्दा महाशाखाबाट चौधरीलाई पक्राउ गर्नू भन्ने पत्र पुगेपछि काठमाडौं प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कार्यालयमा बुझाएको थियो ।

चौधरीलाई लिन उनकी पत्नी रञ्जितसहितका समर्थक कारागार पुगेका छन् ।