देउवा दम्पतीसँग भारतीय नेता चौथाइवालेको भेटवार्ता, के भयो कुराकानी ?

532
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

तीन दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका चौथाइवालेसँगको भेटमा परराष्ट्र मन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु पनि सहभागी थिइन् ।

‘भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेसँग फलदायी भेटवार्ता भयो। हामीले नेपाल-भारत सम्बन्धको सम्पूर्ण आयामको समिक्षा गर्दै हाम्रो पुरानो साझेदारीलाई अझ सुदृढ पार्ने सम्भावनाहरूमा छलफल गर्यौं,’ आरजुले भनेकी छन् ।

चौथाइवालेले भ्रमण अवधिमा प्रधानमन्त्री, सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू, प्रमुख प्रतिपक्ष दलका नेता तथा मधेशी मोर्चाका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपालका सम्पूर्ण राजनीतिक दलहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले चौथाइवालेको भ्रमण भएको जनाइएको छ ।

उनले शुक्रबार नेपाल भ्रमण सकेर फर्किने कार्यक्रम छ ।